नेपाली कांग्रेस, महाकुलुङको घोषणा पत्र स्थानीय तह निर्वाचन, २०७९
नेपाली कांग्रेस , महाकुलुङको प्रतिबद्धता- पत्र स्थानीय तह निर्वाचन , २०७९ आदरणीय महाकुलुङ बासी आमाबुबा , दिदीबहिनी तथा दाजुभाईहरु , जय नेपाल ! १ नयाँ वर्ष २०७९ को आगमनसँगै समुन्नत महाकुलुङको सपना र योजना बोकेर हामी स्नेह , आशीर्वाद र अमूल्य मतको विनम्र अपेक्षा सहित तपाईंहरूको घरदैलोमा उभिएका छौ। यो वर्ष हाम्रो संघीय ढाँचामा रहेका स्थानीय , प्रदेश र केन्द्र तीनै तहका निर्वाचनहरू हुने क्रममा यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । संविधानले तीन तहको सरकारको व्यवस्था गरेको सन्दर्भमा जनताले सबै भन्दा नजिकबाट अनुभूत गर्न सक्ने स्थानीय तहको सरकार गठनको लागि मुलुक अहिले चुनावमय बनेको छ । संविधानले दिएको अधिकारको सदुपयोग गरी स्थानीय साधन श्रोतको परिचालन गरेर महाकुलुङ गाउँपालिकालाई समृद्वितर्फ उन्मुख गर्न सक्ने सक्षम महाकुलुङको नेतृत्व आजको आवश्यकता हो। यसै परिप्रेक्षमा आफ्नो ज्ञान , सिप , क्षमता , कुशल नेतृत्व र व्यवस्थापकीय कौशलको उच्चतम प्रयोग गर्दै समृद्ध महाकुलुङ निर्माण गर्ने महाअभियानको लागि निस्वार्थ भावनाका साथ नेपाली काँग्रेस , महाकुलुङ स्थान...